शनिबार दिन कर्णालीका यी स्थानमा विद्युत आपुर्ति नहुने


सुर्खेत । शनिबारका दिन भोली कर्णालीका धेरै विद्युत आपुर्ति केही समय अबरुद्ध हुने भएका छन् । नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्र निर्देशनालय कर्णाली प्रादेशिक कार्यालयका अनुसार लाईन पेट्रोलिंग तथा (बुस कटिङ्ङ्ग) गर्ने काम गर्ने भएकाले केही समय अबरुद्ध हुने जनाएको छ ।



सुर्खेत वितरण केन्द्र अन्तर्गत कोहलपुर–सुर्खेत ३३ केभी प्रशारण लाईन वरपर रहेका रुखका हाँगाबिगाहरु हटाउनु साथै लाईन पेट्रोलिंग तथा (बुस कटिङ्ङ्ग) गर्नुपर्ने भएकोले प्रशारण लाईन सटडाउन हुने जनाएको छ ।

कर्णालीका १० जिल्लामध्ये सुर्खेत, मुगु, कालिकोट, जुम्ला, दैलेख र जाजरकोटमा कोहलपुर–सुर्खेतको ३३ केभी लाइन जडान गरिएका कारणले विद्युत सेवा अबरुद्ध हुनेछन् ।

त्यस्तै, रामघाट सवस्टेशन अन्र्तगत छिन्चु, रामघाट, दशरथपुर, जहने, बोटेचौर, सल्ली बजार सम्मको एरिया बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म बन्द रहने कर्णाली प्रदेश कार्यालयले जनाएको छ ।

बुदबुदी सवस्टेशन अन्र्तगत एर्पोट चोक, मंगलगड़ी, खजुरा, कालिन्चोक, ईत्राम, चनौटे करेखोला हुदैँ पावरहाउससम्मको क्षेत्रमा बिहान ९ः०० बजेदेखि मध्यान्ह
१२ः०० बजेसम्म विद्युत आपुर्ति बन्द रहनेछ ।

तातापानी फिडर अन्र्तगत एर्पोट, एकान्तनगर, मंगलगढ, एरिचोक, वीरेन्द्रचोक हुदै गणेशचकसम्मको क्षेत्र बिहान ९ः०० बजेदेखि मध्यान्ह १२ः०० बजेसम्म विद्युत आपुर्ति बन्द रहनेछ ।

बुलबुले फिडर अन्र्तगत बुदबुदी, लाटीकोईली, मंगलगढ़ी, रेडियो नेपाल, फलाटे हुदैँ रानीघाटसम्मको क्षेत्र मध्यान्ह १२ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म विद्युत आपुर्ति बन्द रहने जनाएको छ ।

पिपिरा फिडर अन्र्तगत पिपिरा चौक, सानो सुर्खेत, अलायचौर, चनौटे हुदैँ बड्डीचौर सम्मको क्षेत्र मध्यान्ह १२ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म विद्युत आपुर्ति बन्द रहनेछ ।

मटेला सवस्टेशन अन्र्तगत कान्छी बजार, निगालपानी, धरमपोखरासम्मको क्षेत्र बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म विद्युत आपुर्ति बन्द रहनेछ ।

तपाईको प्रतिक्रिया