वीरेन्द्रनगर–३ बाट अवैध काठ बरामद

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–३ बाट अवैध काठ बरामद भएको छ। प्रहरी चौकी बाङ्गेसिमलबाट खटिएको प्रहरी टोलीले काठ बरामद गरेको हो।



वीरेन्द्रनगर–२ फलाटेबाट वीरेन्द्रनगर–३ मुलपानि चोकतर्फ जादै गरेको भे त ६००२ नम्बरको ट्याक्टरलाई प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो।

उक्त चेकजाँच गर्ने क्रममा अवैध काठ अन्दाजी ४ फुटे सालको गोलिया २, अन्दाजी ७ फुटे सालको  गोलिया १ र अन्दाजी ८ फुटे सालको  गोलिया १ बरामद गरेको प्रहरीले जनाएको छ।

यस्तै, काठ बरामद गरि ट्याक्टर र ट्याक्टर चालक वीरेन्द्रनगर–२ बस्ने ३२ वर्षीया कृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया