
सुर्खेत । जाजरकोटबाट एक जना सुत्केरीको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ । जुनिचाँदे गाउँपालिका–६ का ३० वर्षीया राजुकुमारी शाहीलाई हेलिकप्टरबाट उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको हो ।

शनिबार सुत्केरी हुनका लागि घरबाट प्राथामिक स्वास्थ्य केन्द्र जुनिचाँदे गर्खाकोट ल्याइएको र सोही समयमा समयमा सामान्य अवस्थामा सुत्केरी भएको थियो ।


शिशुको जन्म भएपछि शाहीको अत्याधिक रक्तस्राव भएका कारणले थप उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पठाईएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । अहिले उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको उनका श्रीमान विष्णुबहादुर शाहीले बताए ।
नेपाल कर्म । २५ चैत्र २०८१, सोमबार १६:३३