सुर्खेत । प्रहरीले जुम्लामा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रकाउ पर्नेमा चन्दननाथ नगरपालिका–२ बस्ने २१ वर्षीया अमृत भक्री र २६ वर्षीया लक्ष्मण भण्डारी रहेका छन्।
उनलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन अगाडीबाट पक्राउ गरेको हो।
सडकमा संङकास्पद रुपमा हिडिरहेको अवस्थामा भेटेपछि खोजतलासि गर्दा उनको साथबाट ट्रामाडोल नामक २५ पत्तामा २५० वटा ट्यावलेट फेला पारेको थियो।


उनलाई सोधपुछ गर्दै जाँदा भण्डारीबाट ल्याएको बताएका थिए। त्यसपछि भण्डारीको कोठामा पुगेर थप २५ पत्तामा २४६ वटा ट्यावलेट फेला पारेको थियो। उनिहरु दुबै जनालाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा राखिएको छ।

नेपाल कर्म । ५ असार २०८०, मंगलवार १७:४४