भुकम्प गएको जाजरकोटको पैंकमा घर चर्किए, छैन मानवीय क्षती

सुर्खेत । शुक्रबार राती गएको भुकम्पको केन्द्र देखिएको जाजरकोटमा अहिलेसम्म मानवीय क्षतीको विवरण सार्वजनिक भएको छैन् । ८ बजेर ७ मिनेटमा ५.२ र ८ बजेर १० मिनेट ५.५ म्याग्निच्युडकाे भकुम्प कुसे गाउँपालिका–९ पैक केन्द्रविन्दु भएर छुट्टाछुट्टै धक्का महसुश गरिएको हो ।



भुकम्पको बढी धक्का बढी महसुश गरिएको पैक क्षेत्रमा घर चर्किएपनि मानवीय क्षती नभएको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले नेपालकर्मलाई जानकारी दिए ।

‘दुइ पटक नराम्रोसँग भुकम्पले हल्लायो,’ बस्नेतले भने, ‘भुकम्पको इपिसेन्टर मानिएको पैकमा घरहरु चर्किएपनि मानवीय क्षती भएको छैन् । स्थानीयहरु पुनः भुकम्प आउने जोखिममा घर बाहिर निस्कनु भएको छ ।’

पैक गाउँमा ६६८ घरधुरी छन् । पछिल्लो विवरणमा घरहरु चर्किए पनि मानवीय क्षती भएको जानकारी नआएको उनले बताए । फेरि भुकम्प जाने डरले स्थानीयहरू घर बाहिरै रहेकाे बस्नेतकाे भनाइ छ ।

भुकम्प मापन केन्द्र सुर्खेतअनुसार भुकम्पकाे धक्का छिमेकी जिल्ला सल्यान, रूकुम पश्चिम, सुर्खेत, दैलेख आसपासमा महसुश गरिएको थियो । केन्द्रले भुकम्पपछि थप धक्काहरु जाने सक्ने भएकाले सावधानी अपनाउन अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया