जुम्लामा विद्यार्थी बस्ने घरमा भिषण आगलागी

सुर्खेत । जुम्ला सदरमुकाममा रहेको एक घरमा आगलागी भएको छ । चन्दननाथ नगरपालिका–४ कालढुंगीमा रहेको घरमा केही बेरअघिबाट आगलागी शुरु भएको हो ।



कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्ययनरत विद्यार्थीहरु र अन्य व्यक्ति भाडामा बस्दै आएको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदीलाल कामतीले जानकारी दिए ।

आगलागी भएलगत्तै तीन वटै सुरक्षा निकायबाट सुरक्षाकर्मीहरु परिचालन गरिएको उनले बताए । आगलागी भएको घर स्थानीय शिव लक्ष्मी न्यौपानेको रहेको प्रहरीले जनाएको छ ।

आगलागी भएको घरमा ग्यास रहेकाले पड्कीने जोखिम रहेकाले सुरक्षाकर्मीले सावधानी पूर्वक आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरी प्रमुख कामतीको भनाई छ ।

आगलागी भएकाे घर भित्र रहेका ग्यासहरू पड्कीरहेकाले आगाे नियन्त्रणमा समस्या भएकाे उनले बताए ।

प्रारम्भीक अनुसन्धानका क्रममा विद्युत सट भएर आगलागी भएको खुलेको छ । तीन तला रहेकाे घरकाे दाेस्राे तलाबाट आगलागी शुरू भएकाे हाे ।  आगलागी नियन्त्रणमा नगरपालिका दमकलसमेत पठाइएकाे छ ।

तपाईको प्रतिक्रिया