सुर्खेत । सुर्खेत उपत्यकमा खानेपानी वितरण गर्दै आएको संस्थाले अबदेखि ९६ घण्टापछि उपभोक्ताका धारामा पानी वितरण गरिने भएको छ । सुख्खा खडेरीका कारण पानीको स्रोत घट्दै गएपछि सुर्खेत उपत्यका खानेपानी संस्थाले तीन दिनको फरकमा पानी वितरण गर्न लागेको हो ।

उपत्यकामा सहज रूपमा खानेपानी आपुर्ति गर्न दैनिक ३८८ लिटर प्रति सेकेन्ड खानेपानी आवश्यक छ । वर्षा र हिउँदको समयमा समेत आयोजनाको डिजाइन क्षमता अनुसार झुप्रा खोलाबाट ८६, खरिखोला बोरीखोलाबाट ३०, ईत्राम खोलाबाट २७, दुन्दुरे खोलाबाट ५ र खोर्के खोलाबाट १० लिटर प्रति सेकेन्ड गरी जम्मा १५८ लिटर प्रति सेकेण्ड खानेपानी उपलब्ध हुने गरेको थियो ।

खानेपानीका स्रोतहरूमा ह्रास आएपछि अहिले झुप्रा खोलाबाट ५०, खरीबोरी खोलाबाट २०, ईत्राम खोलाबाट १०, दुन्दुरे खोलाबाट ५ र खोर्के खोलाबाट ५ लिटर प्रति सेकेण्ड १५८ लिटर पानी आपूर्ती भइरहेको संस्थाका ईन्जिनियर बालाराम तिवारीले जानकारी दिए । अबदेखि तीन दिनको फरकमा खानेपानी वितरण गर्ने गरी वितरण समय तालिका बताएको तिवारीले बताए ।

खानेपानी वितरण तालिका तपशिल बमोजिम भएको अवगत गराउँदै यसबाट आम उपभोक्ताहरू प्रति पर्न गएको असुविधा प्रति संस्था क्षमा मागेको छ । उपत्यकाको असमान भु वनौटका कारण कुनै धारामा पानी जाने कुनैमा नजाने समस्या देखिन सक्ने भएकाले संस्थालाई खवर गर्न इन्जिनियर तिवारीले जानकारी दिए ।

नेपाल कर्म । २१ चैत्र २०८१, बिहीबार ०८:५२