सोसेकले सञ्चालन गरेको सशक्त महिला परियोजनाको समिक्षा

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा सञ्चालन गरिएको सशक्त महिला समृद्ध नेपाल परियोजनाको समिक्षा गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बसेको बैठकमा परियोजनाले हालसम्म गरिरहेका गतिविधिहरुमाथि समिक्षा गरिएको हो ।




सोसेक नेपालले सन् २०२४ बाट वीरेन्द्रनगरका तीन वटा वडाहरुमा यो परिजना लागू गरेको छ । परियोजनाले मुख्यगरी किशोर किशोरीका आमा बुवालाई रुपान्तरण कक्षा, साथी शिक्षाकलाई १६ दिने तालिम र स्थानीय योजना प्रक्रियाबाट रुपान्तरण गर्ने कार्यक्रमहरु सञ्चालन गरिहेको परियोजना म्यानेजर रमेश थापाले जानकारी दिए ।

उनले साथी सहजकर्ताको त्रैमासिक बैठक र अन्तर पुस्ता सम्वाद कार्यक्रमसमेत गरिरहेको बताए । शिक्षकहरुलाई सीएसइ तालिम, एफआईसी कार्य क्षमता समिक्षा र सुदृढीकरण जस्ता गतिविधिहरु गर्दै आएको छ ।

नगर प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर नगरपालिकालाई महिलामैत्री नगरपालिका बनाउन काम भइरहेकाले त्यसलाई बढवा दिने खालका गतिविधिहरु सञ्चालन गर्न सुझाव दिइने ।सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स, स्यानेटरीप्याड वितरण लगायतका काम नगरपालिकाले गरिरहेकाले नतिजा देखिने खालका कार्यक्रमहरु सञ्चालन गर्न उनको सुझाव छ ।

तपाईको प्रतिक्रिया