
सुर्खेत– माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको तेस्रो अधिवेशनबाट अध्यक्षमा प्रतीक भट्टराई चयन भएका छन् । आइतबारदेखि शुरु भएको अधिवेशनले भट्टराईको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

खुल्ला उपाध्यक्षमा धर्मराज जिसी, उपाध्यक्ष, उपेन्द्रप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा तुलसा रोका, महासचिवमा अशोककुमार सिंह, सचिवमा तिलकराज वली, नरजन तामाङ्ग, जुनाकुमारी रावत, प्रिमाकुमारी विश्वकर्मा (प्रेरणा), र तुलाराज चौलागाई चयन भएका छन् ।कोषाध्यक्षमा कृष्ण शर्मा, लेखा समिति संयोजक प्रचण्ड खत्री चयन भएका छन् ।


त्यस्तै, सदस्यहरूमा गोविन्द विश्वकर्मा, विक्रम तिरुवा, कल्पना रावत, सुनिल महरा, रमिता खड्का मगर, इन्द्रबहादुर बुढाथोकी, कालीबहादुर नेपाली, रमेश जैसी, टिकाराज उपाध्याय र राकेश विक चयन भएका छन् ।
नेपाल कर्म । ११ चैत्र २०८१, सोमबार १७:१५