
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा चालू आर्थिक वर्षमा एक ४३ क्षयरोग बिरामी भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको क्षयरोग दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा चालू आर्थिक वर्षको फागुनसम्म एक ४३ बिरामी भेटिएको जानकारी दिइएको हो ।

अघिल्लो वर्ष दुई ५० विरामी भेटिएका उनीहरुलाई उच्च निगरानीमा राखेर उपचार भइरहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्रदेव गिरीले बताए । ‘क्षयरोग नियन्त्रणका लागि नगरपालिकाले जाँच तथा शिविरहरु चलाउदै आएको छ,’ उनले भने,‘बिरामी भेटिएमा स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचार गर्ने गरेका छौं ।’

क्षयरोग अर्थाट टिबी कुनैबेला खतरनाक मानिन्थ्यो तर अहिले क्षयरोग त्यती भयावह छैन नभएपनि पूर्णत निर्मूल गर्नमा नगरपालिका गम्भीर रहेकाे गिरी बताउँछन् । ‘यो संक्रामक रोग हो, जो दोस्रो व्यक्तिलाई सजिलै सर्न सक्छ । क्षयरोग भएमा यसले छाती तथा फोक्सोलाई असर पार्ने गर्छ । हाच्छ्यिुँ गर्दा, खोक्दा पनि यसको जिवाणु सजिलै अर्को व्यक्तिमा सर्न सक्छ,’ गिरी भन्छन्, ‘वीरेन्द्रनगरमा भेटिनु भएका क्षयराेगीमा छातीमा र छाति बाहिर देखिने दुवै खाले छन् ।

सुर्खेतकाे सदरमुकाम वीरेन्द्रनगरमा बढ्दो शहरीकरणलाई ध्यानमा राखेर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा विशेष याेजना बनाएर काम गरिरहेको नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन।
‘क्षयरोग लगाएतका अन्य स्वास्थ्य क्षेत्रमा निरन्तर काम गरिरहेका छौं,’ उनले भनिन्,‘यहाँ शहरीकरण बढ्दो क्रममा रहेका कारणले स्थायी र अस्थायी बसोबास गर्नेलाई ध्यान राखेर स्वास्थ्य क्षेत्रमा काम गरिरहेका छौं ।’
‘हो हामी क्षयरोग अन्त्य गर्ने सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको अवश्यकता’ भन्ने नाराका साथ नगरपालिकाले मनाएकाे क्षयरोग दिवस क्षयराेगका विरामीलाइ फलफुलसमेत वितरण गरिएकाे छ । वीरेन्द्रनगर २ नम्बरमा ११ जना क्षयराेगीका विरामी छन ।
नेपाल कर्म । ११ चैत्र २०८१, सोमबार १५:३६