कर्मचारी संगठनको बनभोजमा नवप्रवेशीकाे स्वागत र भित्तेपात्रो सार्वजनिक

सुर्खेत । नेपाल निजामाती कर्मचारी संठगन सुर्खेतले आयोजना गरेको वनभोज कार्यक्रममा नवप्रवेशीसँगै भित्तेपात्रो सार्वजनिक गरिएको छ । बुलबुले उद्यानमा आयोजित वनभोज कार्यक्रममा निजामति क्षेत्रमा नवप्रवेशीलाई स्वागत र भित्तेपात्रो विमोचन गरिएको हो ।



कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालसहितको उपस्थितिमा भित्रपात्रो विमोचन गरिएको छ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री यामलाल कँडेलले स्थानीय ऐनले कर्मचारीको हित विपरित काम नगर्ने बताए ।

स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१ का विषयमा कर्मचारीहरुले पटक–पटक गुनासो गरेको भन्दै मुख्यमन्त्री कँडेलले ऐन संशोधनका विषयमा सरकार सकारात्मक रहेको जनाए।

कर्मचारीहरुले नागरिकको हित विपरित काम गर्न नहुने भन्दै मुख्यमन्त्री कँडेलले सरकारले समेत कर्मचारीहरुको हित विपरित कुनै काम नगर्ने प्रतिवद्धता जनाए।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति सुर्खेतले आर्थिक वर्ष २०८२ को लागि प्रकाशन गरेको भित्तेपात्रो (क्यालेण्डर) विमोचन गरिएको थियो । कर्मचारीहरुबिच विभिन्न खेलहरु समेत खेलाइएको समितिका अध्यक्ष सीता कँडेलले बताइन् ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल लगायतका नेताहरुको सहभागीता रहेको थियो । स‌ंगठनमा आवद्ध करिब चार सय कर्मचारीहरु कार्यक्रममा सहभागी भएको कँडेलले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया