एसईईको परीक्षा दिन घर गएका थिए गगन, चट्याङले लियो ज्यान

सुर्खेत । दुल्लु नगरपालिका–६ का गगन खड्काको चट्याङ खस्दा मृत्यु भएको छ । शनिवार साँझ गोठ भित्र भैंसी बान्ने क्रममा घर नजिकै चट्याङ खस्दा बेहोस भएका खड्काको उपचारका लागि दुल्लु अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।



दुल्लु नगरपालिका–६, मेला दैलेख स्थायी ठेगाना भएका १८ वर्षीय खड्का जारी एसइइ परीक्षामा दिन केही दिन अघि मात्रै घर आएका आफन्तले जानकारी दिएका छन् । ‘बस्तुभाउ गोठ भित्र बान्ने क्रममा घर नजिकै चट्याङ खसेछ,’ ईलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख एवम् वरिष्ठ सई श्याम अर्यालले भने, ‘बेहोस भएका उनको होस् नआएरै उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।’

गगनको शव पोष्टमार्टमका लागि दुल्लु अस्पतालमा राखिएको छ । आइतबार पोष्टमार्टम गरेपछि अन्तिम संस्कार गरिने आफन्तको भनाई छ ।

तपाईको प्रतिक्रिया