सुर्खेत । वीरेन्द्रनगर–१० दिपनगरमा बस्दै आएकी कोईली भन्ने देवि सुनार हराएपछि परिवारले खोजी दिन अपिल गरेका छन् । ५७ वर्षीय सुनार यहीँ चैत्र ४ गते साँझ ७ बजे वीरेन्द्रनगरको बुदबुदीदेखि हराएकाले खोजी दिन परिवारले अपिल गरेका हुन् ।

कोईलीकी बुहारी सीता सुनारकाअनुसार बुदबुदीमा रहेको विद्युतको सवस्टेशन आसपासबाट उनी वेपत्ता भएकी हुन् ।

परिवारले सम्भावित सबै ठाउँमा खोजी गर्दापनि कुनै पत्ता नलागेको बुहारी सीताले जानकारी दिएकी छन् । उनले चैत ५ गते हुलियासहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा खोजीका लागि निवेदन दिएको बताइन् ।

हराएकी कोईलीको हुलिया वर्ण गहुँगोरो, उचाई ५ फिट, तौल ६० किलो, मध्यम शरिर, सेतो बलाउज, गुलावी लुङ्गी र रातो पटुका बाधेकी छन् ।
कही कतै देख्नु हुनेले कोईलीकी बुहारी सीताको सम्पर्क नम्बर ९८००५७६८८३ र ९८६४७९७१९६ नम्बरमा वा नजिकैको प्रहरी कार्यालयमा खवर गरिदिन परिवारले अपिल गरेका छन् ।

नेपाल कर्म । ९ चैत्र २०८१, शनिबार ०७:२६