सुर्खेत । क्यान्सर पिडीत देवु दशौदी क्षेत्रीको उपचारमा आर्थिक अभाव भएको छ। मुखको क्यान्सरका कारण बिरामी परेकी देवुको उपचारमा आर्थिक अभाव भएको हो। उपचारमा आर्थिक समस्याहुँदै गएपछि आफन्तहरुले सहयोगको याचाना गरेका छन्।

दैलेखको ठाँटीकाँध गाउँपालिका–३ भुवाखाँडा घर भएकी ४० वर्षीया देवुको मुखमा २०७४ सालमा क्यान्सर भएको निदान गरिएको थियो। उक्त समयबाट उपचार गराई रहेकी देवुको पुनः अप्रेसन गरेपछि थप आर्थिक अभाव भएको हो। उनको विगत पाँच महिनादेखि चितवन क्यान्सर अस्पतालमा उपचार भइरहेको छ।

क्यान्सर पिडीत देवुका छोरा कमल दशौदीले आमाको उपचारमा ९ लाखदेखि १० लाखसम्म खर्च भइसकेको बताए। उनले भने, ‘हाल सम्म तीन पट्क अप्रेसन भइसक्यो। तर, सन्चो भएन्। भएको जग्गा, पशुबस्तु तथा घर समेत बेचिसक्यौँ। सबै सम्पत्ति सकिसक्यो। अब पैसा आउँने कुनै स्रोत छैन्।’
छोरा कमलकाअनुसार अस्पतालले झण्डै चार लाखदेखि ६ लाखसम्म रकम लाग्ने बताएको छ। देवुको अप्रेसन गत बैशाख ८ गते भएको थियो।
हाल देवु र उनको श्रीमान देवेन्द्रबहादुर दशौदी उपचारको लागि कोठा भाडा लिएर चितवनमा बस्दै आएका छन्। छोरा कमलले भने, ‘कोठा भाडा लिएर चिवनमै बस्न लागेको पनि ४ महिना भइसक्यो। मासिक ९ हजार कोठा भाडा तिर्नुपर्छ। उपचारका लागि दैनिक अस्पताल जानुपर्छ।’

यस्तै, अस्पतालले अप्रेसन गरेको घाउँको नियमित जाँच र सफा गर्नुपर्ने जस्का लागि अझै चार लाख भन्दा बढी खर्च लाग्नसक्ने जनाएको छ।
यस्तै, देवुको उपचारमा सहयोग गर्नका लागि ठाँटीकाँध गाउँपालिकाले पनि अनुरोध गरेको छ। पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेमबहादुर खत्रीद्वारा जारी सुचनामा आर्थिक सहयोगका लागि सबैमा आग्रह गरिएको छ।

यदी सहयोग गर्न चाहाने महानुभावहरूले बिरामी देवु दशौदीको नाममा रहेको कुमारी बैंकको खाता नम्बर २७३०२७८०१७०००००१ मा अथवा ९७४२२१७२३८ मा सम्पर्क गर्न आफन्तले अनुरोध गरेका छन्।

नेपाल कर्म । ५ असार २०८०, मंगलवार १२:५०