एमालेले सरकारकाे नेतृत्व गर्दा नागरिक शिर उचाे हुने गरि काम गर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । नेकपा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले एमालेले सरकारकाे नेतृत्व गर्दा नागरिक शिर उचाे हुने गरि काम गरेकाे बताएका छन् । नेकपा एमाले भेरीगंगा नगर कमिटीले आयोजना गरेको नगर स्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।



एमालेले सरकारकाे नेतृत्व गरेको सरकारले नाकाबन्दीको सामना गरेर कहिले नाकाबन्दी नहुने गरि उत्तरी नाका खोलेको स्मरण उनले गराएका थिए । संविधानको विरोध गरेका दललाई समेत सहमत गराएर चुच्चे नक्सा जारी गर्नेदेखि राष्ट्रहितको काम एमालेले गरेको मुख्यमन्त्री कँडेल उल्लेख गरे ।

राष्ट्रियता र राष्ट्र रक्षाको लागि काम गर्दा सरकारलाई घेराबन्दी गर्ने काम भईरहेको यसलाई सामना गर्न सबै एक हुनुपर्ने उनकाे जाेड छ । कार्यक्रमा नेकपा एमाले केन्द्रीय सदस्य नवराज रावत, ठम्मर विष्ट प्रदेश कमिटी सचिव धुव्र शाही जिल्ला अध्यक्ष कुलमणि देवकाेटा लगायतकाे उपस्तिथि रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया