लेकवेशीमा स्वास्थ्य शिविर अधिकांसमा पाठेघर खस्ने समस्या

सुर्खेत । सुर्खेतको लेकबेसी नगरपालिकामा गरिएको स्वास्थ्य शिविरमा जाँच गर्न आएका अधिकांस महिलामा पाठेघर खस्ने समस्या रहेको पाइएको छ । पालिकाको वडा नम्वर एकमा सञ्चालन गरिएको स्त्री रोग सम्बन्धी एक दिने स्वास्थ्य शिविरमा परिक्षण गर्न आउनेहरु धेरैजसो महिलामा पाठेघरको समस्या देखिएको हाे ।



स्वास्थ्य शिविरमा दुई सय ६७ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा २१ जनामा समस्या देखिएको थियो । जसमध्ये १४ जनामा पाठेघरमा हुने क्यान्सरको संकास्पद लक्षणहरु देखिएको पाइएको छ ।

एकजनालाई पाठेघरको अप्रेसनको लागि शिफारिस गरिएको छ भने ६ जनामा पाठेघरको मुखमा मासु पलाएको पाइएको छ । शिविरमा आएका मध्ये तीन जनामा पिसाब सम्बन्धि समस्या देखिएको थियो ।

शिविरमा एक सय ६४ जनाले भिडियो एक्सरे सेवा लिएका छन् । शिविरमा आउने्हरु धेरैजसो पाठेघर खस्ने समस्या देखिएको नेपाल निजामति कर्मचारी युनियन प्राथमिक कार्यसमिति प्रदेश अस्पतालका अध्यक्ष खुमा भट्टराईले जानकारी दिइन् ।

‘यसरी आएकाहरुमध्ये १४ जनामा पाठेघरको क्यान्सरको शंकास्पद लक्षणहरु देखिएको छ’ उनले भनिन्, ‘पाठेघर खस्ने समस्या भएको एक जनालाई अप्रेसनको लागि सिफारिस गरेका छौ ।’

नेपाल निजामति कर्मचारी युनियन कर्णाली, नेपाल नर्सिङ युनियन सुर्खेत र नेपाल निजामति कर्मचारी युनियन प्राथमिक कार्यसमिति प्रदेश अस्पतालको संयूक्त आयोजनामा शिविर सञ्चालन गरिएको थियो ।

स्वास्थ्य शिविरमा स्त्री रोग विशेषज्ञा ललितजंग शाही, मेडिकल अफिसर अमित कर्ण र सतिश गौतमले परिक्षण गरेका थिए । कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियनका पूर्व अध्यक्ष गणेश गौतम, नेपाली काँग्रेस सुर्खेतका उपाध्यक्ष विष्णु खड्कालगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया