दशौं राष्ट्रिय खेलकुदका लागि सुर्खेतमा सचिवालय स्थापना

सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुर्खेतमा सचिवालय स्थापना गरिएको छ । प्रतियोगिताका लागि मुल आयोजक समितिको सचिवालय आइतबार सुर्खेतमा स्थापना गरिएको हो ।



प्रादेशशिक रंगशाला परिसरमा स्थापना गरिएको सचिवालयको आयोजक समितिका संयोजक एवम् युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, कर्णालीका मुख्यमन्त्री यामलाल कडेल, खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र वीरेन्द्रनगरका प्रमुख मोहनमाया ढकाल लगायतको उपस्थितिमा सचिवालय स्थापना गरिएकोे छ ।

प्रदेशकै सचिवालय उद्घाटन भएपछि तेस्रो पटक तोकिएको मिति (०८२ जेठ ३ देखि १०) मा प्रतियोगिता हुने विश्वास बढेको देखिन्छ । खेलकुद मन्त्री चौधरीले तोकिएकै समयमा प्रतियोगिता हुने बताए । ’अब हामी पूर्णरुपमा प्रतियोगिताको तयारीमा लागिसक्यौं,’ उनले भने, ’अब कुनै पनि बहानाबाजी हुँदैन । तपाईंहरूले नाइँ नभन्नुहोला ।’

खरिद प्रक्रियाहरु अगाडी बढीसकेको भन्दै उनले अब तोकिएकै मितिमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने विश्वास दिलाए । मुख्यमन्त्री कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा हुनु कर्णालीका लागि एउटा अवसर भएको बताए ।

जेठ महिनामा सुर्खेतमा प्रतियोगिता आयोजना गर्न निकै चुनौती हुने पनि उनले जानकारी दिए । ‘चुनौतीका बाबजुत प्रतियोगिता आयोजना गर्न सकिन्छ र गर्दैछौं भन्ने कुराको जनमत सिर्जना आयोजकहरुसँगै कर्णालीबासीले गर्नुपर्छ,’ उनले भने, ‘राखेप र खुलकुद मन्त्रीले अलमल गर्नु हुँदैन् ।

तपाईको प्रतिक्रिया