
सुर्खेत । नेकपा एमालेले सञ्चालन गरेको जरा अभियान अन्तरगत वीरेन्द्रनगरको ११ नम्बर वडामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । ११ नम्बर वडा कमिटीको आयोजनामा पार्टीलाई मजवुत बनाउन, एमालेले उठान गरेका विकास निर्माणका काम र आन्तरिक प्रशिक्षित गराइएको हो ।

प्रशिक्षणमा नीति नियम, प्रशिक्षणको आचार संहिता, कम्युनिष्ट शैली आचारण, अनुशासन, प्रविधिको उपयोग र बार्षिक कार्ययोजनाको विषयमा जिल्ला कमिटी सदस्य कविन्द्र केसीले प्रशिक्षण दिनुभएको ११ नम्बर वडा कमिटीका अध्यक्ष रविन्द्र रेग्मीले जानकारी दिए ।


संगठन सञ्चालन, व्यवस्थापन, राजनीतिक शक्ति सन्तुलन तथा कार्ययोजना बारे नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले प्रशिक्षण दिएका थिए ।
प्रदेश सल्लाहकार ताराकेशर गौतमले माक्र्सवादी सिद्धान्त र केन्द्रीय स्कुल विभागका सदस्य गेहेन्द्रप्रसाद दाहालले समृृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा र नेकपा एमालेले गरेका विकास निर्माण तथा उपलव्धीका विषयमा जानकारी गराए ।
प्रदेश उप–सचिव पद्मा खड्काले पार्टी र जनसंगठनको अन्तर सम्बन्धका विषयमा नेता कार्यकर्तालाई प्रशिक्षण दिएकी छन् । कार्यक्रममा ११ नम्बर वडाका इन्चार्ज सुरेशकुमार वलीसहित सहभागी थिए ।
नेपाल कर्म । २५ फाल्गुन २०८१, आईतवार ०७:४३