दीक्षान्तबाट सँगै दीक्षित हुने यी जोडी

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले शुक्रबार तीन हजार ८४१ विद्यार्थीलाई दिक्षान्त समारोहबाट दीक्षित ग¥यो । प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले एकै पटक विद्यार्थी दीक्षित गराउँदा सुर्खेत र दैलेखका दुई जोडीसमेत सँगै दीक्षित भए ।



दीक्षित हुने जोडीमा बायाँबाट हुन् हेमन्त चुनारा र कृष्णा विक अनि बमबहादुर भण्डारी र अम्बिका भट्टराई ।

दीक्षित हुने जोडी हुन् हेमन्त चुनारा र कृष्णा विक अनि बमबहादुर भण्डारी र अम्बिका भट्टराई । चुनाराको जोडी सरकारी सेवामा कार्यरत छन् । २०६६ सालमा जुम्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट सरकारी सेवाको यात्रा प्रारम्भ शुरु गरेका हेमन्त हाल श्रम तथा रोजगार कार्यालय सुर्खेतमा कार्यरत छन् ।

२०६७ सालबाट नायब सुब्बाबाट सरकारी सेवा प्रवेश गरेकी उनकी श्रीमती कृष्णा पूर्वाधार विकास निर्देशनालय सुर्खेतमा अधिकृत छैठौं पदमा कार्यरत छन् । यो युगल जोडी सन् २०२१ मा विश्वविद्यालयमा भर्ना भएका थिए।

समाजशास्त्र विषयमा यो जोडीले स्नातकोत्तरमा गरेका हुन् । चुनारा वीरेन्द्रनगर–१३ का निवासी हुन् । ‘लगाव र चाहना भए असहज परिस्थितिमा सफलता पाइदो रहेछ,’ चुनारा भन्छन्, ‘दृढ अठोट लिएकै कारण हाम्रो जोडी सँगै दीक्षित हुन पाउँदा खुसी छ ।’

दैलेखको ठाँटीकाँध गाउँपालिका–३ माझखर्क घर भएका बमबहादुर भण्डारी र उनकी श्रीमती अम्बिका भट्टराईपनि दीक्षित भएका छन् । बमबहादुरले निर्माण व्यवस्थापन र उनको श्रीमति अम्बिकाले अंग्रेजी विषयमा स्नातकोत्तर भएका जोडी हुन् ।

विकट गाउँमा जन्मिएका उनीहरुले गाउँकै विद्यालयबाट अक्षर चिनेका थिए। बम पेशाले इन्जिनियर हुन् । श्रीमान र श्रीमती सँगै दीक्षितहुँदा परिवार र आफन्त खुसी बनेको प्रतिक्रिया उनीहरुको छ । सँगै दीक्षित बनेको दुई युगल जोडी अन्य विद्यार्थीहरुका लागि प्ररेणाको स्रोत बनेका छन्।

शिक्षा र सेवाको क्षेत्रमा अग्रसर यी दम्पतीले राज्य सेवाको महत्त्वपूर्ण ओहदामा रहेर जनताको सेवा गरिरहेका उनीहरू नेपालका युवा पुस्ताका लागि प्रेरणादायी उदाहरणीय बनेका छन्।

तपाईको प्रतिक्रिया