
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत आउन लागेका छन् । प्रधानमन्त्री ओली मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सुर्खेत आउन लागेका हुन् ।

बिहान ११ः३० बजे वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ । त्यसपछि उनले कर्णाली प्रदेश सभामा सम्बोधन गर्नेछन् ।
दिउँसो २ बजे कर्णाली प्रदेश सभामा विशेष सम्बोधन गर्ने र ३ बजे वीरेन्द्रनगर-१० सानाे सुर्खेतमा रहेकाे मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ भवनकाे उदघाटन गर्ने कार्यक्रम छ ।


अपराह्न ४ बजे कर्णाली रंगशालाकाे अवलोकन गरेर प्रधानमन्त्री ओली काठमाडौं फर्किने कार्यक्रम छ ।
नेपाल कर्म । २३ फाल्गुन २०८१, शुक्रबार ०८:००