
सुर्खेत । स्वास्थ्यमा समस्या देखिएपछि कर्णाली सरकारका प्रवक्ता विनोदकुमार शाह अस्पताल भर्ना भएका छन्।

सरकारका प्रवक्ता एंव भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाह मंगलबार साँझ अस्पताल भर्ना भएका हुन्।


मन्त्री शाहले स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाडौंको महाराजगंजस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएको जानकारी दिए।
शाहलाई मुटु सम्बन्धि समस्या देखिएको उनको सचिवालयले जनाएको छ।
नेपाल कर्म । २० फाल्गुन २०८१, मंगलवार २२:४२