वडाध्यक्षको निधन भएपछि भेरीगंगामा सार्वजनिक विदा

सुर्खेत । भेरीगंगा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षको निधन भएपछि सार्वजनिक विदा दिइएको छ । ९ नम्बर अध्यक्ष प्रेमबहादुर आग्रीको निधनमा नगरपालिकाले बुधबार नगर क्षेत्रमा लागू हुनेगरी सार्वजनिक विदा दिएको हो ।



भेरीगंगा नगरपालिका–९, जहरेका स्थायीबासी आग्रीको भारतको महाराष्ट्रमा उपचारको आइतबार गएराती निधन भएको थियो ।

क्यान्सर रोगबाट पीडित आग्री एक वर्षदेखि भारतमा उपचारत रहेको र उहाँको उपचारकै क्रममा निधन भएपछि नगर क्षेत्रका कार्यालयका र विद्यालयहरुमा विदा दिएको प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिए । आग्रीको शव मंगलबार ल्याइएको र नगर क्षेत्रका कार्यालयहरुमा सार्वजनिक विदा दिइएको ढकालले बताए ।

आग्रीको परम्परागत रुपमा बुधबार नै अन्तिम सस्कार गरिने उनले बताए । ५७ वर्षीया आग्री मिर्गौला रोगबाटसमेत पीडित थिए । आग्री नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुन् । उनले ८५७ मत ल्याएर विजयीहुँदा नेकपा एमालेका विरजित बस्याल ५५५ मत प्राप्त गरी पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया