१० लाख पुगे वर्ल्डलिङ्कका ग्राहक

सुर्खेत । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क १० लाख ग्राहक बनाउन सफल भएको छ । यसै महिना १० लाख घरधुरीमा इन्टरनेट कनेक्सन पुर्‍याउने देशकै पहिलो इन्टरनेट सेवाप्रदायकको रेकर्ड कम्पनीले राखेको हो ।




१० लाख ग्राहक पुगेको अवसरमा कम्पनीले १० ओटा आईफोन १६ गिभअवे गर्ने घोषणा गरेको छ । जसअनुसार १० जना भाग्यशाली ग्राहकले आईफोन १६ प्राप्त गर्नेछन् । आज २ मार्चदेखि ११ मार्चसम्म हरेक दिन गिभअवे गरिने बताइएको छ । कम्पनीका अनुसार यो गिभअवेमा कम्पनीका विद्यमान ग्राहक र नयाँ ग्राहक दुवै योग्य हुनेछन् ।

तपाईको प्रतिक्रिया