सुर्खेत पुगेर रास्वपा सचेतकले भने, ‘पार्टी नबन्ला तर यसको प्रभाव नयाँ पुस्तालाई पर्छ’

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीलाई बन्न नदिन चौतर्फी हमला भइरहेकाले पार्टी बन्ला नबन्ला तर यसको दीर्घकालिन प्रभाव नयाँ पुस्तालाई पर्ने प्रमुख सचेतक सन्तोष परियारले बताएका छन् । अहिले राज्य शक्ति पूरै लागेर रास्वपाको अस्तित्व मेटाउन खोज्ने प्रयत्न जुन भइरहेको छ, यसले हजारौं नयाँ पुस्तालाई असर गर्ने परियारले बताएका हुन् ।




सांसद सुर्य थापा नेतृत्वको सहरकारी सम्बन्धि संसदीय छानविन समितिले राम्रो काम गरेको भएपनि पार्टी सभापति रबि लामिछाने माथि प्रतिसोध साधिएको उनले बताए ।े सहकारी छानबिन समितिले राम्रो प्रतिवेदन दिएको सभापति लामिछाने कतै नजोडिएको उनको तर्क छ ।

थापा नेतृत्वको संसदीय समितिले निकै महेनत गरेर काम गरेको र त्यहाँ कतै सहकारीबाट पैसा ल्याउनेमा पार्टी सभापति लामिछानेको संग्लनता नदेखिएको बताए ।

‘उहाँले सहकारीबाट ऋण लिनका लागि त निवेदन लगाएतका अन्य बिषय जोडिएको हुनुप्यो नि त ? त्यो कतै देखिदैन्,’ उनले भने,‘गोर्खा मिडियामा उहाँ त्यहाँ संग्लन हुँदा पैसा आयो । त्यहाँ आएको पैसामा लामिछानेको जफापदेहिता रहनुपर्छ भनेर छानबिन समितिको प्रतिवेदनले भनेको यत्ति हो ।’

परियारले यत्ति भनेको प्रतिवेदनमा उहाँ(लामिछाने) माथि संगठित अपराध मुद्दा, सम्पत्ति शुद्धिकरणको मुद्धा लगाइयो र सहकारी ठगी भनियो यो प्रतिसोध भएको सचेतक परियारले बताए ।

‘जबकि त्यहाँ ठगि भनेको नै छैन् । यस आधारमा हामीले भनेको के हो ? भने यो राजनीतिक प्रतिसोध भयो,’ उनले भने,‘आज मुद्दा हारिएला तर, इतिहासमा यसको उचित मूल्याङ्कन त होला नी ?’

सम्पत्ति शुद्धिकरणको मुद्दा लाग्ने बित्तिकै यता सांसद पद जिल्ला प्रहरी कार्यालय निलम्बन गरियो भनियो र एउटा सार्वभौम सांसदले संबिधान नियमावली अनुसार चल्ने कुरा सांसद पद निलम्बन गरिनु प्रतिसोध भएको सचेतक परियारले बताए । ‘यस अर्थ यो प्रतिसोध भयो,’ उनले भने,‘अदालतमा विश्वास गर्छौं । इतिहासका यसको समिक्षा गर्नेछ ।’
परियारले अहिले सभापति लामिछानेसँग निरन्तर आफ्नो छलफल भइरहेको र अदातलमा मुद्दा चलिरहेका कारणले कुनै पनि बिषयमा नबोल्ने बताउनु भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया