सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ पछि एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन्। वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनका बोल्दै अहिलेको समीकरण ०८४ सम्म अगाडि बढाउने र त्यसपछि दुवै दल आ-आफ्नै तरिकाले चुनाव लड्ने उनले बताएका हुन् ।

‘संसदमा पक्ष र विपक्षी बलियो हुनुपर्छ,०८४ पछि एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने छु,’ उनले भने, ‘यो हाम्रो दाबी हो ।’ ुअब बिस्तारै नेपालमा निर्वाचनका लागि राजनीतिक समीकरण गर्ने गलत परम्परा अन्त्य हुने र आआफ्नो तरिकाले चुनाव लडेर समीकरणले सरकार फेरबदल भइरहने परम्पराको अन्त्य हुनुपर्ने तर्क उनकाे छ ।
सरकारले २९ वटा कानुनलाई सच्याउने गरी ६ वटा अध्यादेश ल्याइएको भन्दै उनले त्यसमा कुनै शङ्का गर्नुपर्ने ठाउँ नरहेको जिकिर गरे । उनले भने, ‘हामीले ल्याएको अध्यादेशले आर्थिक क्षेत्र चलायमान हुन्छ। सबैले अध्यादेशलाई राम्रो मानेका छन् । रोजगारीका अवसर सिर्जना हुने छ ।’

अध्यादेश जसरी पनि पास हुने उनको भनाइ छ । भूमि सम्बन्धी अध्यादेशको विषयमा उपेन्द्र यादवसँग कुरा भइरहेको र यो विधेयक पनि पास हुने उनले जिकिर गरे ।
सामाजिक सञ्जाल नियमन गर्न पहिलादेखिकै सरकार लागि रहेको उल्लेख गर्दै उनले भने, ‘हाम्रो चाहना निषेध हैन नियमन हो । फेसबुक, युट्युबबाट क्राइम भएको छ त्यसलाई नियन्त्रण कसरी गर्ने रु त्यसैले दर्ता गरेर चलाउनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

पूर्व राजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बन्ने सपना नदेख्न चेतावनी दिएका छन्। प्रजातन्त्र दिवसका अवसरमा शाहले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै भट्टराईले आफ्नै कारणले राजतन्त्र अन्त्य भएको नबिर्सन आग्रह गरे ।
‘उहाँकै कारण राजतन्त्रको अन्त्य भएर जनताको शासन गर्ने गणतन्त्र आएको हो,’ उनले भने, ‘फेरि राजा बन्छु भन्नु सुहाउँदो कुरा होइन ।’ जनताले फ्याँकिसकेको राजतन्त्र अब फर्कन नसक्ने पनि उनको दाबी छ। ‘उहाँको वक्तव्यपछि राजावादीहरू चम्किँदै छन्, गणतन्त्र फेल भयो भनेर मौका मागिरहेका छन् । २५० वर्षसम्म मौका दिएकै हो,’ उनले भने ।
दरबार हत्याकाण्ड हामीले गरेको हो र रु भन्दै प्रश्न समेत गरे। दरबार हत्याकाण्डकै कारण राजतन्त्र समाप्त भएको उनको भनाइ छ। ‘अब त्यो संस्था फर्केर आएर देश चलाउन सक्छ भन्ने सम्भावना छैन,’ उनले थपे ।

नेपाल कर्म । ८ फाल्गुन २०८१, बिहीबार १०:३१