सुर्खेत । उत्पादित उपभाेग्य वस्तुहरूलाइ ग्राहक समक्ष पुर्याउदै आएकाे सुर्खेत वितरक संघले प्रथम वार्षिक साधारण सभा सुर्खेतमा सम्पन्न गरेकाे छ । एकता नै विकासकाे मेरूदण्ड हाे भन्ने नारासहित गठन गरिएकाे संघलाइ आगामी दिनमा वितरण प्रणालीलाइ स्वच्छ पार्दै अघि बढ्नु पर्ने सराेकारवालाले सुझाव दिएका छन् ।
कुनै कम्पनी वा उद्याेगले उत्पादन गरेका हरेक वस्तुलाइ ग्राहक समक्ष पुर्याउने मेरूदण्डकाे रूपमा काम गर्दै आएकाे वितरक संघले स्वच्छ र निष्पक्ष रूपमा काम गर्नुपर्ने सुझाव वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालकाे छ ।


संस्थागत एकतालाई अझैँ बलियो बनाउने र संस्थागत शुसासनका लागि सधै प्रतिवद्ध हुने नेपाल वितरक संघका केन्द्रीय सदस्य मदनराज न्यौपानेले बताए । उनले वितरकको हक, हित र अधिकारको लागि लामो समयदेखि विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको जानकारी दिए ।

सुर्खेतमा संघलाई व्यवस्थित र मर्यादित बनाउनको निम्ति विशेष रुपमा काम गरिरहेकाले आगामी दिनमा यसका काम कारवाही र गतिविधहरू थप प्रभावकारी हुनेमा विश्वस्त रहेकाे उनले बताए ।
कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेल, सुर्खेत च्याम्बर अफ चेम्बरका अध्यक्ष चिन्तामणि शर्मालगायतले शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रममा वितरक संघका प्रवक्ता गणेश शर्माले एकता नै बिकासको मेरुदण्ड रहेकाे र वितरण प्रणाली अझै स्वच्छ पार्ने लक्ष्यमा सबैले हातेमालो गर्न अनुरोध गरे ।
उनले नेपालमा वितरक व्यवसायीहरु लामो समयदेखि आफ्नो व्यवसायमा विभिन्न समस्याहरु भोग्दै आएकोमा पछिल्लो समय संस्थागत हकहितको लागि एकजुट हुनुपर्ने आवश्यकता महसुस गरी सोही बमोजिम अघी बढिरहेका जानकारी दिए ।

नेपाल कर्म । ८ फाल्गुन २०८१, बिहीबार ०९:५४