सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले बिहीबार वीरेन्द्रनगरमा शोक विदा दिएको छ । नगरपालिकामा कार्यरत सब-ईन्जिनियर दिनेशकुमार पुरीको निधन भएपछि शोक विदा दिईएको हो ।

वीरेन्द्रनगर-११ स्थित आफ्नै निवासमा पुरीको बुधबार निधन भएको थियो । उनी वीरेन्द्रनगर नगरपालिका-२ काे वडा कार्यालयमा कार्यरत थिए ।


पुरीको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामनासहित फागनु ८ गते (बिहीबार) नगरपालिका लगायत अन्तर्गतका सम्पूर्ण निकायहरुबाट प्रदान गरिने अत्यावश्यक सेवा वाहेक अन्य सेवा प्रवाह वन्द गरी शोक विदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र शर्माले जानकारी दिए ।

नेपाल कर्म । ७ फाल्गुन २०८१, बुधबार १९:४०