सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राज्य शक्तिको स्रोत जनत मात्र भएको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै कँडेलले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्ने बताए ।


सोही मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले उनको भनाइ छ।

‘आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण छ,’ उनले भने, ‘आजको यस दिनले हामी सबैलाई लोकतान्त्रिक मूल्य, मान्यताहरु अवलम्वन गर्दे जनताका अपेक्षाहरू पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’
नेपाली जनताको सात दशक लामो त्याग र बलिदानबाट प्राप्त संविधानले लिएको यो लक्ष्य जनस्तरमा परिवर्तनको महसुस गराउन सके मात्र प्राप्त गर्न सक्छौँ भन्ने यर्थाथतालाई बिर्सन नहुने उनको भनाइ छ।

नेपाल कर्म । ७ फाल्गुन २०८१, बुधबार ०९:४४