दाङ —दाङमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०००१ ख ०७०१ नम्बरको रात्री बस मंगलबार राति बबई गाउँपालिका-२ स्थित ट्वाङखोलामा दुर्घटनामा परेको हो ।

घाइतेको उद्धार गरी राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।

गाडीमा ६० भन्दा बढी यात्रु रहेको र गाडी अनियन्त्रित भएर पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ।


नेपाल कर्म । ७ फाल्गुन २०८१, बुधबार ०६:४१