मदन भण्डारी स्पोर्टस् एकेडेमीकाे अधिवेशन आज, खेल क्षेत्रका व्यक्तिलाई सम्मान गरिँदै

सुर्खेत । मदन भण्डारी स्पोर्टस् एकेडेमीले खेल क्षेत्रमा योगदान पु¥याउने खेलाडी तथा व्यक्तिलाई सम्मान गर्ने भएको छ । एकेडेमी कर्णाली प्रदेशको मंगलबार हुने अधिवेशनको अवसर पारी खेल क्षेत्रबाट कर्णालीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिस्तरमा चिनाउन योगदान पु¥याउने खेलाडी तथा व्यक्तिहरुलाई सम्मान गर्न लागिएको जनाईएको हाे ।



पत्रकार सम्मेलनमा एकेडेमीका केन्द्रीय उपाध्यक्ष तेजविक्रम बस्नेतले अधिवेशनको अवसरमा विविध खेलमार्फत योगदान पु¥याउने आठ जना खेलाडी तथा यस सम्बद्ध व्यक्तिहरुलाई सम्मान गर्न लागिएको बताए ।

उनीहरुलाई मेडल तथा सम्मान पत्र प्रदान गरिने उनले बताए । कर्णालीलाई गरिब र पिछडिएको प्रदेश भनेर हेपिने प्रवृत्तिको अन्त्यका लागि एकेडमेमीले काम गर्दै आएको उल्लेख गर्दै उपाध्यक्ष बस्नेतले कर्णालीको आफ्नै मौलिकता र क्षमता रहेको बताए ।

कर्णालीका युवा तथा खेलाडीलाई खेल क्षेत्रमा अवसर दिइएको खण्डमा सिङ्गो देशकै गरिमा बढाउन सहयोग पुग्ने बस्नेतको दावी छ । उनका अनुसार अधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै खेल र खेलाडीसँग सम्बन्धित विविध कार्यक्रमको आयोजना गरिएको छ ।

सबैका लागि खेकुद भन्ने नाराका साथ खेलकुदलाई स्पष्ट दिशाबोध गर्ने उद्देश्यले स्थापना भएको मदन भण्डारी स्पोर्टस् एकेडेमीले १५ वर्षदेखि खेलकुद क्षेत्रको दिगो विकासमा क्रियाशिल रहदै आएको छ ।

जन नेता स्वर्गीय मदन भण्डारीको विचारलाई आत्मसाथ गर्दै एकेडेमीले विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा खेलकुदको विकासमा योगदान पु¥याउदै आएको छ ।

तपाईको प्रतिक्रिया