खानेपानीको काम गर्ने क्रममा ढुङ्गाले च्यापिएर जुम्लामा एक जनाको मृत्यु

सुर्खेत । जुम्लामा खानेपानी आयोजनाको काम गर्दैगर्दा ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ। गुठिचौर गाउँपालिका–४ बस्ने ३४ वर्षीया सत्यदेवि अधिकारीको मृत्यु भएको हो।



सोही वडाको उखाडी भन्ने स्थानमा पलनधारा खानेपानी आयोजनाको काम गर्ने क्रममा सत्यदेविलाई माथिबाट आएको ढुङ्गाले च्यापेको थियो।

ढुङ्गाले च्यापेर घाइते भएकी सत्यदेविकाे उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया