सुर्खेत । बालबालिकाहरुका निमित्त गैरसरकारी संस्थाहरुको महासंघ नेपालको नयाँ कार्यसमिति चयन गरिएको छ । ११ औं राष्ट्रिय महाधिवेशन तथा २५ औं वार्षिक साधार सभाले विजय लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

लामाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा अरुणा कर्मचार्य, महिला उपाध्यक्षमा मनि जोशी, महासचिवमा तेज सुब्बा, सचिवमा मनिराज श्रेष्ठ र कोषाध्यक्षमा शम्भु शंकर पोखरेल निर्वाचित भएका छन् ।


यस्तै, सदस्यहरुमा उमा कार्की, डिल्लीराम गिरी, प्रभावमनि ओझा, कुशल गुरुङ घले र इन्द्र पोखरेल छन् ।

नेपाल कर्म । ५ फाल्गुन २०८१, सोमबार ०७:२३