तिनकुनेबाट लागूऔषध कारोवारी पक्राउ

सुर्खेत । लागूऔषध कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । वीरेन्द्रनगर-११ तिनकुनेचोकबाट ३८ बर्षीय दुर्गा नेपाली र ३५ वर्षीय विजय कालुङलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।



तिनकुने चौकमा लागूऔषधको कारोबार भईरहेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

पक्राउ परेका नेपाली वीरेन्द्रनगर नगरपलिका वडा नं। १० र कालुङ वडा नं।१२ का रहेको उनले बताए ।

शंकास्पद अवस्थामा फेला परेका उनीहरुको शरिर खानतलासि गर्दा २६० मिलिग्राम लागुऔषध (ब्राउनसुगर) जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रवक्ता विश्वकर्माले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया