भेरीगंगाको १६ औं नगर सभामा योजना र बजेट संशोधन

सुर्खेत । कर्णाली प्रदेशको प्रवेशद्वारमा रहेको भेरीगंगा नगरपालिकाले १६ औं नगर सभाले यसअघिको अधिवेशनले ल्याएका केही योजना र बजेट संशोधन गरेको छ । कार्यान्वयनको तहमा जाँदा कतिपय अवस्थामा केही समस्या देखिएका ति योजनाहरु र बजेट नगर सभाले संशोधन गरेको हो ।




नगर सभाले खानेपानी, सरसफाई तथा स्वच्छता ऐन २०८१ पारित गरेको छ । यस्तै, आर्थिक ऐन संशोधन र नगरपालिकाको आफ्नै नगर गान र लागोसमेत पारित गरेको नगर प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिए ।

नगर सभामा कार्यपालिका सदस्यहरुले भौगोलिक भू वनाट कठिन रहेको नगर क्षेत्रमा भौगोलिक अवस्थाका आधारमा बजेट विनियोजन गर्नुपर्ने सुझाव दिएका छन् । ‘नगर सभाबाट महत्वपूर्ण ऐन र कार्यविधि निर्माण हुने तर कार्यान्वयनमा सबैको भूमिका उत्तिकै रहेकाले कार्यान्वयनमा जोड दिनुपर्ने आवाज उठेको छ,’ नगर प्रमुख ढकालले भने ।

स्वच्छ, सुन्दर, वातावरणमैत्री, कृषि, पर्यटन र पुर्वाधार शहर बनाउने नारालाई सार्थकता दिन नगरपालिका गम्भीर भएर लागेको उनले बताए ।

तपाईको प्रतिक्रिया