जनयुद्ध दिवसमा विदा दिएपछि किचलो, काँग्रेसले भन्यो ‘विदा छैन्, कार्यालय आउनु’

सुर्खेत । नेकपा माओवादी केन्द्रले १० वर्षे जनयुद्ध थालेको दिनलाई हरेक वर्ष फागुन १ गते अर्थात् (बिहीबार) जनयुद्ध दिवस मनाउँदै आएको छ । कतिपय स्थानीय तहमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिँदै आएका छन् ।



त्यसैमध्यको एक रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाले भोली सार्वजनिक विदा दिएपछि नेपाली काँग्रेस रुकुमपश्चिमले संविधानले नचिन्ने ‘जनयुद्ध दिवस’ नमाउन परिपत्र नै जारी गरेपछि किचलो बढेको छ ।

जिल्लास्थित स्थानीय तहमा निर्वाचित नगर, गाउँ र वडाध्यक्षलाई परिपत्र गर्दै कांग्रेस रुकुमपश्चिमले सर्वोच्च न्यायिक निकाय र संविधानले नचिन्ने दिवस नमनाउन परिपत्र गरेको हो ।

नेपाली कांग्रेस रुकुमपश्चिम जिल्ला सभापति प्रेमप्रकाश ओलीद्वारा जारी परिपत्रमा जिल्लाका आठवटै स्थानीय तहलाई ‘जनयुद्ध दिवस’ नमनाउन रुलिङ गरिएको छ । दिवस मनाउने निर्णयमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिसमेत संलग्न भएपछि कांग्रेसले बैधता नदिन परिपत्र जारी गरेको हो ।

कांग्रेसबाट निर्वाचित बाँफीकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठामगरले २७ माघको कार्यपालिकाका बैठकबाट दिवस मनाउने निर्णय गराएका थिए ।

तपाईको प्रतिक्रिया