माधव र विप्लवसँग पार्टी एकताका लागि कुरा चलेको छः प्रचण्ड

सुर्खेत । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ बीचमा पार्टी एकताका कुरा भइरहेको बताएका छन् ।  प्रेस सेन्टर कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको बताएका हुन् ।



पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको प्रचण्डले बताए । ‘पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको हो,’ उनले भने,‘समाजवादी मोर्चाका विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना रहेको छ ।’

उनले अहिलेको सरकार भ्रष्टहरुको सरकार भएको आरोप लगाए । ‘अहिलेको सरकारले देश जनताका पक्षमा काम गरेको छैन्,’ उनले भने,‘सरकारले अहिले भ्रष्टहरुलाई बचाउने काम गरिरहेको छ ।’

सरकारले अध्यादेश ल्याएर सदनको अबमूल्याङ्न गरेको उनले बताए । ‘अहिले अध्यादेशका विद्ययेक राष्ट्रियसभामा गएर अड्किएका छन्,’ उनले भने,‘सरकारले धेरै अंहकार नगरे हुन्छ ।’ अहिले आर्थिक रुपमा देश पछाडी धकेल्ने काम भएको सरकारले विकास बजेट कटौती गर्न लागेको उनले बताए ।

तपाईको प्रतिक्रिया