सुर्खेत । नेपाल निजामती कर्मचारी युनियन सुर्खेतको अध्यक्षमा धर्मविर पल्ली मगर निर्वाचित भएका छन् । युनियनकाे ९ औ जिल्ला अधिवेशनले मगरको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेकाे हाे ।
युनियनकाे उपाध्यक्ष (खुला) मा देवबहादुर नेपाली, उपाध्यक्ष (महिला) मा प्रतिमा थानी, उपाध्यक्ष (समावेशी)मा रीमाकुमारी कँडेल निर्वाचित भएका छन् । सचिवमा महेश कुमार थापा, सह–सचिवमा (युवा) लोमन केशर खनाल र कोषाध्यक्षमा तपबहादुर बुढा चयन भएका छन् ।
सदस्यहरुमा नरेन्द्रबहादुर हमाल, चक्र बहादुर केसी, रामबहादुर बुढा, प्रेम प्रकाश चपाई, मानबहादुर बस्नेत छन् । श्रेणीविहीनतर्फ सदस्यहरुमा दण्डमाणि सुवेदी, सुरेशबहादुर कार्की, महिला सदस्यहरुमा मधु रेग्मी, पुष्पा आचार्य शर्मा, समावेशी सदस्यमा दिनेश विश्वकर्मा र खेमसिंह ठकुरी चयन भएका छन् ।


अधिवेशनबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सिताकुमारी खत्री गिरी, विष्णुकुमारी गुरुङ, सुशीलकुमार केसी, द्रोणदेव वन, काशीराम भट्टराई, नन्दराम चौलागाई र मेघनाथ शाही निर्वाचित भएका छन ।

प्रदेश अधिवेशन प्रतिनिधिमा गणेशकुमार थापा, राजिमान बुढा, घनबहादुर बुढा, देवीकुमारी राना, वीरेन्द्र पुन, विवेकजंग शाही र चतुर्भुज गौतम र प्रदेश विभागीय सभातर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा विकेन्द्र ढकाल, भद्रबहादुर थापा, बिनिता बस्याल, हिमालय साउद निर्वाचित भएका छन ।
प्रदेश विभागीय कार्यसमितितर्फ अध्यक्षमा बेलमता बस्नेत, उपाध्यक्ष (खुला) रमेशकुमार पाण्डे, उपाध्यक्ष (महिला) देवी केसी, उपाध्यक्ष (समावेशी) कुम्भराज मल्ल, सचिव वेद प्रसाद पंगाली, सह–सचिव (युवा) प्रकाश भण्डारी र कोषाध्यक्ष यमुना श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरुमा वीरेन्द्रबहादुर माझी, प्रदिप बस्नेत, डिकेन्द्र राना, तिल बहादुर राना, पदम प्रसाद जैसी र सदस्य श्रेणीविहीनमा तुलाराम चौधरी, गणेश घर्ती मगर, महिला सदस्यमा प्रतिक्षा रावल, खुमा भट्टराई चयन भएका छन् । सदस्य (समावेशी) मा बालकुमारी चौधरी, लिला पहाडी चयन भएका छन् । प्रदेश विभागीय सभातर्फ प्रदेश अधिवेशन प्रतिनिधिमा किरण कुमार शर्मा, कृपाराम शर्मा, मेनका संज्याल र कर्ण बहादुर गाइन चयन भएका छन् ।

नेपाल कर्म । २८ माघ २०८१, सोमबार १९:३३