सुर्खेतबाट महाकुम्भ मेला जाँदै गरेको बस बबईमा दुर्घटना, ३६ जना घाइते

सुर्खेत । भारतको प्रयागराजमा जारी महाकुम्भमा जाँदै गरेका तिर्थ यात्री सवार बस सुर्खेतमा दुर्घटनामा परेको छ । रत्न राजमार्गको बबई–हर्रे सडक खण्डको बबईदेखी एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ सानु खाेलामा भे १ ख ४३३१ बस सडकबाट तल खसेको हो ।



दुर्घटनामा घाइते भएकाहरुलाई उद्दार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ । घटनास्थलबाट ३६ जनाकाे  उद्दार गरेर कोहलपुरतर्फ पठाइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिए ।

‘बसमा कति सवार थिए खुल्न सकेकाे छैन्, पहिलाे प्राथमिकता घाइतेकाे उद्दार गरेर पठाउनु थियाे । सबैलाइ काेहलपुर पठाइसकेका छाैं, उनले भने, ‘अस्पतालबाट एकिन विवरण लिन बाँके प्रहरीसँग समन्वय गरिसकेका छाैं ।’

घटनास्थलमा प्रहरी चौकी चेपाङ बर्दिया र बबईको टोलीमा घटनास्थलमा खटिएको थियाे । महाकुम्भ जान पञ्चपुरी नगरपालिका सालकाेट र वीरेन्द्रनगरबाट बस रिजर्भका लागि बाँकेबाट बस बाेलाएकाे खुलेकाे छ ।

तपाईको प्रतिक्रिया