भेरी नदीमा वेपत्ता अनिलकाे शव ३० मिटर गहिराइबाट निकालियाे

सुर्खेत । झाेलुङ्गे पुल निर्माणकाे क्रममा भेरी नदीमा खसेर वेपत्ता मध्य एक जनाकाे शव भेटिएकाे छ । बुधबार विहान निर्माणाधिन झाेलुङ्गे पुलबाट खसेर नदीमा बेपत्ता भएका दुइ जनामध्य एक जनाकाे शव सशस्त्र प्रहरी बल नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतकाे गाेताखाेर टाेलीले फेला पारेकाे हाे ।



भेरी नदीमा वेपत्ता भएका दुवै जनाकाे खाेजीका लागि नम्बर ६ महेश्वरी बाहिनीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक राम खत्रीसहितकाे टाेली बिहिबार बिहान पुनः घटनास्थल पुगेकाे र एक जनाकाे शव फेला निकालिएकाे सशस्त्र प्रहरी बल नं. ३२ गण, हेडक्वाटर रक्तकाली सुर्खेतका प्रहरी उपरिक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

शव भेटिएका पूर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका–२ स्थित प्वाङ बस्ने २४ बर्षिय अनिल घर्ती रहेकाे श्रेष्ठले बताए । उनकाे शव नदीकाे झण्डै ४० मिटर गहिराइमा अड्कीएकाे अवस्थामा फेला परेकाे जनाए । उनकाअनुसार नदीमा वेपत्ता अर्काकाे खाेजीका लागि गाेताखाेर टाेली पुनः नदीमा पसेकाे छ ।

बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निमार्णधिन झोलुङ्गे पुलको जाली लगाउने बेला लठ्ठाले हुत्याएपछि अनिलसहित १८ बर्षिय अर्जुन झाक्री मगर नदीमा खसेका हुन् ।

तपाईको प्रतिक्रिया