भेरी नदीमा वेपत्ताकाे खाेजी गर्न गाेताखाेर टाेली परिचालन

सुर्खेत । झाेलुङ्गे पुल निर्माणमा संलग्न दुई जना कामदार भेरी नदीमा बेपत्ता भएका छन् । बुधबार जिल्लाको बराहताल गाउँपालिका–४ कुटास्थित भेरी नदीमाथि बन्न लागेको झोलुङ्गे पुल निर्माणमा संलग्न दुई जना कामदार भेरी नदीमा बेपत्ता भएका हुन् ।



बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र १८ वर्षीय अर्जुन झाँक्री मगर रहेका छन् । उनीहरु बराहताल गाउँपालिका–४ को कुटादेखि चाम्री जोड्ने भेरी नदी माथि बन्न लागेको झोलुङ्गे पुल निर्माणमा संलग्न थिए ।

बुधबार बिहान ११ः४५ बजेको समयमा बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको लट्ठा बाँध्ने क्रममा नदीमा खसेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय डाँगीले जानकारी दिए ।

बेपत्ताहरूकाे  खाेजीका लागि सशस्त्र प्रहरी बलको पाँच जना गाेताखाेर टाेली घटनास्थल पुगेकाे छ ।

तपाईको प्रतिक्रिया