सरकार जिम्मेवारी पूर्वक अघि बढिरहेको छ : मुख्यमन्त्री कंडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कैडेलले आफूले प्रदेश सरकारको नेतृत्वदायी असल जिम्मेवारी बहन गरिरहेको तर्क गरेका छन्। मंगलबार प्रेस चौतारी सुर्खेतको साताै औं अधिवेशनमा बोल्दै उनले सरकार सञ्चालनमा विभिन्न चुनौतीहरू रहेको उल्लेख गर्दै सामूहिक रूपमा अगाडि बढ्न आवश्यक रहेकोमा जाेडदिएका हुन।



‘संविधान निर्माण र निर्वाचनपछि राजनीतिक दलहरूले समृद्धि र विकासभन्दा सत्तालाई प्राथमिकता दिएको पाइन्छ। यसले गर्दा जनतामा निराशा उत्पन्न भएको छु’ उनले भने, ‘अब जनअपेक्षा अनुसार विकासका काम गर्न २ प्रमुख दलबीच सहकार्य गर्दै अघि बढ्‌ने वातावरण बन्नेछ । प्रदेश सभामा देखिएका विभिन्न संकेतहरूलाई ध्यानमा राखेर सरकार जिम्मेवारीपूर्वक अघि बढिरहेको छ।’

मुख्यमन्त्री कँडेलले पत्रकारिता जगतको भूमिकालाई महत्व दिँदै सञ्चार माध्यमसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

सकारात्मक रूपमा कलम चलाएमा कर्णाली प्रदेशको समृद्धि सुनिश्चित हुने भन्दै राम्रो काम गर्ने जुनसुकै उमेरका व्यक्ति नेतृत्वदायी भूमिकामा आउनुपर्ने उनको भनाइ छ।

‘प्रदेशको विकास र समृद्धिका लागि प्रदेश सरकार दृढ इच्छाशक्तिसहित अगाडि बढिरहेको छु,’ उनले थपे, ‘अब समन्वय र सहकार्यको माध्ययमचाट जिम्मेवारीपूर्वक काम गर्दा मात्र जनताको विश्वास जित्न सकिने अवस्था छ।’

अधिवेशनमा बोल्दै वीरेन्द्रनगर नगरप्रमुख मोहनमाया ढकालले पत्रकारिता क्षेत्रको महत्व, यसको मर्यादा र तथ्यमा आधारित रहेर खोज अनुसन्धानमूलक पत्रकारिताको आवश्यकता रहेको बताइन्।

‘सञ्चार माध्यमहरू अब केवल प्रकाशन र प्रसारणमा मात्र सीमित रहेका छैनन् । हरेक व्यक्तिको हातमा मोबाइलको माध्यमबाट विचार अभिव्यक्त गर्ने प्रवृत्ति बढ्‌दै गएको छु,’ उनले भनिन्, ‘यसलाई मर्यादित बनाउन पत्रकार महासंघ तथा सरोकारवाला निकायहरूले छलफल गर्नुपर्ने आवश्यक छ।’

पत्रकार महासंघलगायत सञ्चार संगठनहरूका हकहित, पेशागत सुरक्षाका साथै पत्रकारिताको मूल उद्देश्यमा आधारित भएर समाचार प्रवाह गर्ने जिम्मेवारीबारे बहस गर्न पनि आवश्यक रहेको उनले औंल्याइन् ।

‘संघीय प्रणालीलाई बलियो बनाउन र स्थानीय तथा प्रदेश सरकारलाई सशक्त बनाउन भएका कमजोरी सच्याउँदै, बलिया नीतिहरू अगाडि बढाउनु पर्ने आवश्यक छु,’ उनले थपिन्, ‘प्रेस चौतारीका साथीहरू सदैव खोजी पत्रकारिताम अग्रसर रहनुहोला । जसले समाजमा रहेका आवाजविहीनहरूको आवाज बन्न सहयोग पुगोस् ।’

तपाईको प्रतिक्रिया