सरकारी र संस्थानका सवारी चालकको सामुहिक दुर्घटना विमा

सुर्खेत । कर्णाली प्रदेशमा कार्यरत सरकारी र संस्थानमा आवद्ध कर्मचारीहरुको सामुहिक दुर्घटना विमा गरिएको छ । सरकारी तथा संस्थान सवारी चालक एसोसियशन सुर्खेतले संस्थामा जोडिएका सवारी चालकहरुको समुहिक दुर्घटना विमा गरेको हो ।



एसोसियशनमा आवद्ध रहेका एक सय जना सवारी चालकको विमा सुर्खेतमा रहेको आई जी आई प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीसँग विमा गरिएको अध्यक्ष श्यामप्रसाद देवकोटाले जानकारी दिए ।

‘सरकारी चालक रातदिन नभनी सरकारको काम कारवाहीमा खटिरहेका छन्, सरकारले गरिदिनुपर्ने काम एसोसियशनले गरेको छ,’ देवकोटाले भने, ‘कठिन भुगोल र विभिन्न क्षेत्रमा सवारी लैजादा कारण बस कुनै दुर्घटना भएमा त्यसको जोखिम कभर गर्न आवद्ध सवारी चालकको विमा गरेका हौं ।’

कर्णालीमा पाँच सय बढी सरकारी र संस्थानमा सवारी चालक कार्यरत रहेपनि संस्थासँग जोडिएकाहरुको मात्रै विमा गरिएको उनले बताए । पहिलो चरणमा एसोसियशनले ६१ हजार ८१० रुपैयाँ विमा कम्पनीलाई बुझाएको छ । विमा गरेसँगै विमा सम्बन्धी साक्षत्कार कार्यक्रमसमेत सम्पन्न गरिएको देवकोटाको भनाईछ ।

तपाईको प्रतिक्रिया