राष्ट्रिय युवा संघ नेपाल सुर्खेतले ९९ वटै वडा कमिटि गठन गर्ने

सुर्खेत । राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटि सुर्खेतmले जिल्लाका ९ स्थानीय तहका ९९ वटै वडामा युवा संघको वडा कमिटि गठन गर्ने निर्णय गरेको छ। आइतबार संघका सुर्खेत अध्यक्ष बासुदेव आचार्यको अध्यक्षमा बसेको दोस्रो पूर्ण बैठकले उक्त निर्णय गरेको हो।



बैठकले राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको चार महिने अभियान ‘समाज परिवर्तनको अधियानमा नवयुवाको योगदान, र मुलुक निर्माणकम नव युवाको नेतृत्व :  विकास गरौँ उनिहरुको व्यक्तित्व’ भन्ने मुख्य नारालाई पालाना गर्दै विषेश अभियान सञ्जालन गर्ने निर्णय भएको छ।

यस्तै, उक्त अभियानमा जिल्ला कमिटिलाई कार्य विभाजन गरी जिम्मा दिइने उक्त अभियानकम सदस्यता वितरणसहित कमिटि गठन गर्ने, अभियानमा युवाहरूलाई लक्षीत गरी कमिटि गठन गर्ने, उनिहरुको नेतृत्व र व्यक्तित्वमा विकास गर्ने गरी पालिकादेखि वडा तहका कमिटिमा ४० प्रतिशत महिला युवाहरूलाई अनिवार्य समेट्नुपर्ने निर्णय गरको छ।

बैठकमा नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णाली प्रदेश पूर्व इन्चार्ज यामलाल कँडेल, राष्ट्रिय युवा संघ नेपाल केन्दीय उपाध्यक्ष प्रकाश गौतम, एमाले सुर्खेर्तत अध्यक्ष अमृत बिसि लगायतको सहभागीता रहेको थियो।

तपाईको प्रतिक्रिया