सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक माघ ७ गते बोलाइने भएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले माघ ७ गते बैठक आह्वान गर्न सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
मन्त्री परिषदले निर्णय गरेकाे अब बैठक आह्वानका लागि प्रदेश प्रमुख यज्ञराज जाेशी समक्ष सिफारिस गरिएकाे हाे ।
यसअघि प्रदेश सभाको चौथो अधिवेशन असोज १५ गते स्थगित गरिएको थियो । यस्तै मन्त्रिपरिषद् बैठकले स्थानीय सेवा गठन तथा कार्यसंचालन नियमावली स्वीकृति गरेको छ भने आम सञ्चार सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
साथै वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति गरिएको पनि ती मन्त्रीले बताए । आजको बैठकले विभिन्न १८ वटा निर्णय गरेको बताइएको छ । मन्त्रिपरिषद्का निर्णय आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी गराइने छ ।
नेपाल कर्म । १९ पुष २०८१, शुक्रबार ११:१०