अन्तरलिंगीप्रतिको विभेद न्यूनीकरणमा पैरवी गर्ने प्रतिवद्धता



सुर्खेत । अन्तरलिंगी व्यक्तिहरुले झेलेका कानुनी र सामाजिक विभेद अन्त्यका लागि सुर्खेतका पत्रकाहरुले साझा प्रतिवद्धा जनाएका छन् । क्याम्पेन फर चेञ्जको आयोजनामा बुधबार र बिहिबार आयोजित कार्यशालामा सहभागी पत्रकाहरुले राज्यले बनाउने आवश्यक नीतिगत व्यवस्थाका साथै विद्यमान कानुनी अल्झन र विभेद हटाउन पैरवी गर्ने प्रतिवद्धता जनाएका हुन् । कर्णाली समय डटकमका सम्पादक प्रकाश अधिकारीले लैंगिक विभेदको मुद्दा सञ्चारजगतले प्राथमिकताका साथ उठाउनु पर्ने बताए । ‘अन्तरलिंगी व्यक्तिका समस्याबारे धेरैलाई जानकारी छैन्, तेस्रोलिंगी जस्तै यो पनि ठूलो समस्या रहेछ,’ उनले भने, ‘यसका लागि आवश्यक पर्ने नीतिगत व्यवस्था र सामाजिक विभेद अन्त्य गर्न हाम्रो कलमले साथ दिनेछ ।’ अधिकारीले अन्तरलिंगी, समलिंगी र तेस्रोलिंगीलाई एकिकृत रुपले अभियान सञ्चालन गर्न सुझाव दिए ।
यस्तै, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले अन्तरलिंगीका सवालमा अनुसन्धान र खोजमुलक लेखनमा पत्रकारहरुलाई परिचालन गर्न सकिए राज्यलाई जिम्मेवार बनाउन सहयोग पुग्ने धारणा राखे । क्याम्पेन फर चेन्जका कार्यकारी निर्देशक इशान रेग्मीले अन्तरलिंगी भएका व्यक्तिहरुको मूल प्रवाहीकरणमा पत्रकारहरुको साथ खोजेको बताए । जनचेतनाको काम, शिक्षा, स्वास्थ्य र रोजगारीमा रहेको विभेद न्यूनीकरण गर्दै कानूनी अल्झन हटाउन सबैको सहयोग जरुरी रहेको उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया