सामाजिक सञ्जालले स्कुले बालबालिका बेचविखनको जोखिममा

बिहिबार वीरेन्द्रनगरमा टेवा नेपालको सहयोगमा मानव बेचविखन प्रभावितहरुको राष्ट्रिय महासंघ र सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) को आयोजनामा भएको मानव बेचविखन, ओसारपसार र तस्करी नियन्त्रण सम्बन्धि समुदायस्तरमा अभिमुखीकरण कार्यक्रमको सहजिकरण गर्दै अध्यक्ष तामाङले यस्तो बताएकी हुन् । विद्यालय जाने उमेर भएका बालबालिकाहरु सामाजिक सञ्जालको गलत प्रयोगमा लाग्दा बेचबिखन तथा ओसारपसारको जोखिममा पर्दै गएको बताइन । सामाजिक सञ्जालको गलत प्रयोग हुँदा समाजमा बलत्कार जस्तो जघन्य अपराधले प्रसय पाएको उनको भनाई थियो । यसप्रति परिवार सचेत रहनुपर्ने उनले बताइन ।
नेपालमा मानव बेचबिखन, ओसारपसार र तस्करी नजिकका आफन्तबाट हुने गरेको उल्लेख गर्दै अध्यक्ष तामाङले यसप्रति समाज सचेत रहनुपर्ने बताइन । यस्तै, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले नैतिकरुपमा इमान्दार भए मानव बेचबिखनको जोखिम कम गर्न सकिने बताए । विभिन्न समुदायबाट मावन बेचविखनको जोखिमा रहेका महिलाहरुको समेत सहभागिता रहेको कार्यक्रममा मानव बेचबिखनको जालो तोड्न समुदायस्तरबाटै हातेमालो गर्नुपर्ने अध्यक्ष तामाङले बताइन । मानव बेचबिखन सम्बन्धी विश्वव्यापी प्रतिवेदन प्रतिवेदन २०२० अनुसार ५० प्रतिशत यौन शोषण, ३८ प्रतिशत जवरजस्ती श्रम, ६ प्रतिशत अपराधिक क्रियाकलापमा संलग्न गराउन, १५ प्रतिशत मगन्ते, १ प्रतिशत जवरजस्ती विवाह, १ प्रतिशत मिश्रिम रुपमा तथा न्यून रुपमा बच्चाको व्यापार, मानव अङ्ग झिक्ने तथा अन्य कार्यहरुका लागि मानिसहरु मानव बेचबिखन तथा ओसारपसारमा पर्ने गरेका छन् ।



तपाईको प्रतिक्रिया