सुर्खेत । नेपाल बीउ ब्यबसायी संघ कर्णाली प्रदेशको पाचौँ अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले यामप्रसाद शर्माको अध्यक्षतामा १३ सदस्यीय प्रदेश कार्यसमिति गठन गरेको हो ।

सुर्खेतमा भएको अधिवेशनले शर्माको अध्यक्षतामा प्रदेश स्तरिय कार्यसमिती गठन गरेको छ । वरिष्ठ उपाध्यक्षमा सर्जुमा लामा, उपाध्यक्षमा पुण्य प्रसाद शर्मा, महासचिबमा निसान्त पाण्डे, सचिबमा रेशम शाही र कोषाध्यक्ष्माा पवन शाही निर्बिरोध निर्वाचित भएका छन् ।


सदस्यहरुमा बिपिन ज्ञवली, देबि पंगाली, बालिका पौडेल, डिलबहादुर रोकाय, गणेश शाही, टिकाराम बिष्ट, रुद्र चपाइ चयन भएको नवनियुक्त अध्यक्ष शर्माले जानकारी दिए । समितिको पहिलो बैठकले दुई जना सदस्य र सल्लाहकार समिति मनोनित गर्ने अध्यक्ष शर्माले बताए ।

नेपाल कर्म । २ पुष २०८१, मंगलवार ०७:२६