कर्णालीका पहाड र हिमालमा सहजै चलाउन मिल्ने ‘माउन्टेन ईभी’ सार्वजनिक

सर्खेत । कर्णालीकाे भूगोल सुहाउँदो विद्युतिय सवारी सुर्खेत भित्र्याईएकाे छ । फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीका सवारीसाधनहरू सुर्खेतमा पनि भित्र्याईएकाे हाे ।



नेपालको जटिल भौगोलिक आवश्यकताहरूलाई ध्यानमा राखेर निर्माण गरिएको यो ईभीमा ५३.५८ किलोवाट ब्याट्री समावेस गरेको छ ।

जसले पूर्ण चार्जमा ३०० किलोमिटरको सम्मको ड्राइभिङ्ग रेन्ज दिन्छ । यसमा १३० किलोवाट अधिकतम पावर, ३३० अधिकतम टर्क, र २५ प्रतिशत ग्रेडेबिलिटी रहेको छ ।

नेपाली बजारमा यस्ता विशेषताहरू भएको पहिलो विद्युतीय सवारी साधन बनेको छ ।

एमएडब्लू वृद्धि समूहका डिलर सेल्स म्यानेजर सुमन ताम्राकारका अनुसार यो एक नवीनतम विद्युतीय सवारी साधन हो ।

नयाँ सवारी सुर्खेतमा लन्च गर्न पाउँदा कर्णालीमा यसले सवारी साधन क्षेत्रलाई थप नयाँ दिशामा लैजाने ताम्राकारकाे विश्वास छ ।

नेपालका चुनौतीपूर्ण सडकहरूलाई मध्यनजर गर्दै माउन्टेन ईभी विशेष सुविधाहरूमा उपलब्ध रहेको उनले बताए ।

फोटन लगातार १९ वर्षसम्म चीनको शीर्ष ब्रान्डको रूपमा स्थापित रहेको, भारतमा सबैभन्दा धेरै ईभी बसको रुपमा बिक्री भएको सवारी हाे ।

१ लाख भन्दा बढी व्यवसायिक सवारी साधनहरूको रुपमा निर्यात र दक्षिण अमेरिकामा अग्र स्थानमा स्थापित भएको जानकारी ताम्राकारले दिए ।

माउन्टेन ईभी आनो सेग्मेंटको एक उत्कृष्ट सवारीसाधन हो जुन नेपालका लागि निर्माण गरिएको उनको भनाइ छ ।

माउन्टेन ईभी १४ देखि १६ सीट सम्मको विभिन्न मोडलहरूमा उपलब्ध छ । यसमा अत्यधिक स्पेस र आरामदायी हाई रुफको सुविधा छ।

कर्णालीमा विद्युतिय सवारीकाे माग बढी रहेकाे बेला माउन्टेन ईभीले थप टेवा पुर्‍याउने विश्वास एम डब्लु वृद्धिकाे छ । कम्पनीले नै नेपालका ६० स्थानमा चार्जिङ् स्टेसन निर्माण गरिसकेको छ ।

सुर्खेत भित्र्याईएकाे माउन्टेन ईभी सार्वजनिक कार्यक्रममा सुर्खेत उद्याेग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलसहित विभिन्न व्यवसायी र व्यक्तित्व सहभागी थिए ।

तपाईको प्रतिक्रिया