सुर्खेत । जिल्लाको भेरीगंगाबाट तीन क्विन्टल बढी चिनी र चामल बरामद गरिएको छ। प्रहरीले भेरीगंगा नगरपालिका–१० तोलीखोला पुलबाट बरामद गरको हो।
नेपालगञ्जदेखि डोल्पा जादै गरेको कर्णाली प्रदेश ०२००१ ख ००२८ नम्बरको बसलाई प्रहरीले चेकजाँच गर्दा उक्त खाद्य सामान फेला पारेको थियो।
ईलाका प्रहरी कार्यालय छिन्चुबाट चेकिङमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कुनै पनि बिल नभएको स्टार चामल २५ किलो ११ बोरा र ५० किलो चिनि बरामद गरेको छ।


उक्त सामानलाई बरामद गरि ईलाका प्रहरी कार्यालय छिन्चुको नियन्त्रणमा राखिएको छ।

नेपाल कर्म । ३ असार २०८०, आईतवार १८:१७