सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आयोजि मैैत्रीफूर्ण फुटबल प्रतियोगिता २०८१ बराबरी टुङ्गिएको छ । दाङको हिराडाँगी फाउन्डेसन क्लब र सुर्खेतको काँक्रेवीहार क्लबबीच भएको खेलमा २/२ गोलको बराबरी भएको हो । दुबै टोलिको खेल प्रतिस्पर्धात्मक रह्यो । कर्णाली प्रदेश फुटबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद्को समन्वयमा आयोजित प्रतियोगितामा दुबै टोलीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
प्रतियोगिताको समापन कार्यक्रममा उपस्थित प्रमुख अतिथि समाजिक विकास मन्त्री घन्श्याम भन्डारीले खेलाडीहरुलाई प्रोहोत्सान गर्दै खेलकुदको क्षेत्रीय एकता र क्षमता विकासमा योग्दान गर्ने बताएका छन् । विशेष अतिथि, वीरेन्द्रनगर नगरपालिका उप-प्रमुख निलकण्ठ खनालले फुटवल प्रवद्र्धन र सम्वद्र्धनमा निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो खेलले स्थानीय स्तरमा खेलकुदप्रतिको चासो बढाउँदै फुटवलको विकासमा महत्वपूणर् भूमिका खेलेको आयोजकले जनाएको छ ।
नेपाल कर्म । २१ मंसिर २०८१, शुक्रबार ०६:४२